Byroad News

Loading...

माओवादीबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिलाई निर्वाचन आयोगले गर्‍यो पदमुक्त


माओवादीबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिलाई निर्वाचन आयोगले गर्‍यो पदमुक्त

काठमाडौं/११ असार
नेकपा माओवादीबाट गत स्थानीय निर्वाचनमा निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका १४ जना जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले एक सुचना जारी गरि १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो ।

असार ७ गते बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उहाँहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी निर्वाचन आयोगलाई पत्र पठाएको थियो । सोही आधारमा आयोगले पदमुक्त गरिएको जनाएको छ । 

पद रिक्त भएकाहरुमा रौतहटका ७ जना, कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका १/१ जना हुनुहुन्छ । 

Comments

KATHMANDU WEATHER