Byroad News

Loading...

किन हटाइयो फुटबलमा अवे गोलको नियम? हेर्नुस् यी १० ‘शिकार’


किन हटाइयो फुटबलमा अवे गोलको नियम? हेर्नुस् यी १० ‘शिकार’

काठमाडौं/११ असार
लामो समयदेखि चल्दै आएको बहसपछि युरोपेली फुटबल महासंघ—यूईएफएले शुक्रबार क्लब प्रतियोगिताहरुमा प्रयोगमा रहेको अवे गोलको नियम हटाएको छ। यो नियम सन् १९६५ देखि लागू हुँदै आएको थियो।

दुवै लेगको निर्धारित समयको खेल सकिँदा गोल बराबरी भएमा नतिजा विपक्षीको मैदानमा जसले बढी गोल गरेको छ त्यसैलाई विजेता ठहर गरिन्थ्यो। अवे गोल पनि बराबरी भए खेलको नतिजा अतिरिक्त समय र टाइब्रेकरबाट लिने गरिन्थ्यो।

युरोपियन च्याम्पियन्स लिग र युरोपा लिगमा सेमिफाइनलसम्मका खेलहरु लेग प्रणालीमा संचालन हुँदै आएका छन्। एक अर्काको मैदानमा खेलेपछि प्राप्त हुने नतिजाका आधारमा विजेताको निर्णय लिने गरिन्छ। अवे गोलले ठूला क्लबहरु पनि बारम्बार शिकार भएका छन्। यहाँ १० वटा ठूला नतिजाबारे चर्चा गरिएको छ।

बार्सिलोनाविरुद्ध एएस रोमा (२०१७/०१८)

च्याम्पियन्स लिगको सन् २०१७/०१८ सिजन बार्सिलोना क्वाटरफाइनलबाटै बाहिरिएको थियो।

बार्सिलोनाको मैदानमा भएको पहिलो लेगमा घरेलु टोली ४—१ गोलले विजयी भएको थियो। तर दोस्रो लेगमा रोमा ३—० गोलले विजयी भयो र अवे गोलका आधारमा अगाडि बढ्यो। गोल बराबरी भएपछि बार्सिलोनाको मैदानमा रोमाले गरेको गोल निर्णायक बनेको थियो।

इन्टर मिलानविरुद्ध एसि मिलान (२००२/०३)

सन् २००२/०३ को युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेका चार टोलीमध्ये तीनवटा इटालियन सिरि ए क्लब थिए। फाइनल पुग्न इन्टर मिलान र एसी मिलान भिड्दै थिए। एसि मिलानको मैदानमा भएको खेल ०—० को बराबरीमा सकिएको थियो।

इन्टर मिलानको मैदानमा भएको खेल पनि १—१ गोलको बराबरीमा सकियो तर, त्यही नतिजाका आधारमा एसि मिलान फाइनल पुग्यो। उसले इन्टरको मैदानमा गोल गरेको थियो तर इन्टरले एसि मिलानको मैदानमा गोल गर्न सकेको थिएन। त्यस सिजन फाइनलमा युभेन्ट्सलाई टाइब्रेकरमा पराजित गरि एसि मिलान च्याम्पियन्स लिग विजेता बनेको थियो।

रियल म्याड्रिडविरुद्ध बायर्न म्युनिख (२००६/०७)

सन् २००६/०७ को चाम्पियन्स लिगको  नकआउट चरण  अर्थात प्रिक्वाटरफाइनलमा रियल म्याड्रिड र बायर्न म्युनिख भिड्दै थिए। रियल म्याड्रिडको मैदानमा भएको पहिलो लेगमा बायर्न ३—२ गोलले विजयी भएको थियो। बायर्नको मैदानमा भएको खेलमा रियल म्याड्रिडले २—१ गोलले खेल जित्यो तर समग्रमा नतिजा ३—३ गोलको बराबरी भयो। विपक्षीको मैदानमा बायर्नले बढी गोल गरेका कारण रियल म्याड्रिड अगाडि बढ्न सकेन।

चेल्सीविरुद्ध बार्सिलोना (२००८/०९)

च्याम्पियन्स लिगको सेमिफाइनलमा चेल्सीले बार्सिलोनासँग भिड्नुपर्ने थियो। बार्सिलोनामा भएको पहिलो लेग गोलरहित बराबरी भएपछि स्पेनिस टोली फाइदामा थियो। दोस्रो लेगमा गोल गरेर खेल बराबरी भए मात्र पनि बार्सिलोना अगाडि बढ्ने थियो। अनि भयो त्यस्तै नी। त्यस खेलमा आन्देस इनियस्टाले अन्तिम समयमा गोल गर्दै बार्सिलोनालाई १—१ गोलको बराबरीमा ल्याएका थिए। बराबरी भएपनि चेल्सीको मैदानमा गोल गर्न सकेका कारण बार्सिलोना अगाडि बढ्यो।

पीएसजीविरुद्ध बार्सिलोना (२०१२/०१३) 

च्याम्पियन्स लिगको २०१२/१३ सिजन  क्वाटरफाइनलमा पीएसजी र बार्सिलोना भिड्दै थिए।  पीएसजीको मैदानमा भएको पहिलो लेग २—२ गोलको बराबरीमा सकिएको थियो। पीएसजीले दुईपटक अग्रता लिएर पनि जित हात पार्न सकेको थिएन।

बार्सिलोनाको मैदानमा भएको दोस्रो लेग १—१ गोलको बराबरीमा सकियो र घरेलु टोली अवे गोलका आधारमा सेमिफाइनल पुगेको थियो। दोस्रो लेगमा बार्सिलोनाका लियोनल मेस्सीले बेन्चबाट आएर गोल गरेका थिए।

आर्सनलविरुद्ध मोनाको (२०१४/०१५) 

सन् २०१४/०१५ को युरोपियन च्याम्पियन्स लिग प्रिक्वाटरफाइनलमा मोनाकोले आर्सनललाई अवे गोलमा हराएको थियो। आर्सनलको मैदानमा भएको पहिलो लेगमा मोनाको ३—१ गोलले विजयी भएको थियो।

मोनाकाको मैदानमा भएको खेलमा आर्सनल २—० गोलले विजयी भयो तर अगाडि बढ्स उसलाई पर्याप्त भएन।    समग्रमा ३—३ गोलको बराबरी भएपछि विपक्षीको मैदानमा बढी गोल गरेका कारण मोनाको अगाडि बढ्यो।

पीएसजीविरुद्ध चेल्सी (२०१४/०१५)

प्रिक्वाटरफाइनलको यस भिडन्त निकै रोमान्चक बनेको थियो। चेल्सीको मैदानमा भएको दोस्रो लेगको ३१ औँ मिनेटमा पीएसजी १० खेलाडीमा सीमित भएको थियो।

८१ औँ मिनेटमा चेल्सीले अग्रता लिए पनि ५ मिनेटलगत्तै पीएसजीले खेल बराबरीमा ल्याएको थियो। निर्धारित समयको खेल १—१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुग्यो।

९६ औँ मिनेटमा चेल्सीका इडेना हाजार्डले पेनाल्टीमा गोल गर्दै टोलीलाई २—१ गोलले अगाडि बढाए। तर १ सय १४ औँ मिनेटमा पीएसजीका डेभिड लुइजले पेनाल्टीमा गोल गर्दै खेल २—२ गोलको बराबरीमा पुर्‍याए र अन्तत पीएसजी अवे गोलका आधारमा क्वाटरफाइनल पुग्यो।

एट्ल‍ेटिको म्याड्रिडविरुद्ध बायर्न म्युनिख (२०१५/०१६) 

सेमिफाइनलको पहिलो लेग एट्लेटिकोले घरेलु मैदानमा १—० गोलले जितेको थियो। बायर्नको मैदानमा भएको दोस्रो लेगमा घरेलु टोलीले सुरुमै अग्रता लिएको थियो। त्यसपछि एट्लेटिकोका गोलकिपर जान ओब्लाकले  थोमस मुलरको पेनाल्टी विफल बनाए।

एन्टोइन ग्रिजम्यानले गोल गर्दै खेललाई बराबरीमा ल्याएनन् मात्र अवे गोलको एड्भान्डेटज पनि दिलाए।  बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीले गोल गर्दै घरेलु टोलीलाई २—१ गोलले अगाडि बढाए पनि समग्रमा  फाइनल पुग्न पर्याप्त रहेन।

समग्रमा २—२ गोलको बराबरी भएपनि एट्लेटिको बायर्नको मैदानमा गोल गर्न सफल भएका कारण अगाडि बढ्यो। दोस्रो लेगमा ओब्लाकले केही शानदार बचाउहरु गरेका थिए।

म्यानचेस्टर सिटीविरुद्ध एएस रोमा (२०१६/०१७)

समग्रमा ६—६ गोलको बराबरी भएको त्यस भिडन्तमा म्यानचेस्टर सिटी अवे गोलका आधारमा अन्तिम—१६ बाट बाहिरिएको थियो। म्यान सिटीले घरेलु मैदानमा भएको पहिलो लेग ५—३ गोलले जितेको थियो। तर मोनाकोको मैदानमा भएको दोस्रो लेग घरेलु टोलीले ३—१ गोलले जित्यो र अवे गोलका आधारमा अगाडि बढ्यो।

म्यानचेस्टर युनाइटेडविरुद्ध बायर्न म्युनिख (२००९/०१०)

सेमिफाइनलको पहिलो लेग बायर्नले घरेलु मैदानमा २—१ गोलले जितेको थियो। म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा भएको दोस्रो लेग ३—२ गोलले जितेपनि अगाडि बढ्न सकेन।

समग्रमा ४—४ गोलको बराबरी भए पनि म्यानचेस्टर युनाइटेडको मैदानमा बढी गोल गरेका कारण बायर्न म्युनिख फाइनल पुगेको थियो। म्यान युनाइटेड लगातार तेस्रो सिजन च्याम्पियन्स लिगको फाइनलल पुग्ने प्रयासमा थियो।

—एजेन्सीहरुको सहयोगमा

Comments

KATHMANDU WEATHER