काठमाडौं/११ असार
महाधिवेशन मिति नजिकिएसँगै नेपाली काँग्रेसमा सभापतिको उम्मेदवार दावी गर्ने नेताहरुको संख्या दैनिक बढ्न थालेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा र नेता विमलेन्द्र निधिले यसअघि नै आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारका रुपमा आफुलाई अघि सार्ने घोषणा गरिसक्नु भएको छभने अज शुक्रबार रामचन्द्र पौडेल पक्षका आधा दर्जन नेताहरुले सभापतिमा दावी गर्ने घोषणा गर्नु भएको छ ।
महाधिवेशनको छलफलका लागि नेता पौडेलले शुक्रबार बोलाउनु भएको आफू पक्षीय भेलामा पौडेलसहित महामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला, नेताहरु सुजाता कोइराला, शेखर कोइराला, कल्याण गुरुङ, अर्जुननरसिंह केसी र डा.रामशरण महतले सभापतिको दाबेदारका रुपमा प्रस्तुत हुने घोषणा गर्नु भयो ।
डा. महत र केसीले शुक्रबारको छलफल अघि नै काँग्रेसका केन्द्रीय सदस्यहरुलाई फोन गरेर आफू सभापतिको दावेदार भएको भन्दै सहयोग गर्न आग्रह गर्नु भएको थियो । उहाँहरुले शुक्रबारको छलफलमा पनि सोही कुरा दोहोर्याउँदै दावेदारी रहने घोषणा गर्नु भएको छ ।
महत र केसीले भने विकल्पसहितको दावेदारी रहने समेत बताउनु भयो । उहाँहरुले सहमतिका आधारमा उम्मेदवार तय भए आफूहरु मान्ने र सहयोग समेत गर्न तयार रहेको बताउनु भयो । ‘तर एकभन्दा बढी उम्मेदवार भएको खण्डमा प्रतिस्पर्धामा उत्रिनुको विकल्प छैन’, महत र केसीको तर्क थियो । त्यस्तै केसीले सहमतिमा ६० वर्षभन्दा कम उमेरका नेताहरूबाट सभापति खोज्न सकिने विकल्प समेत अघि सार्नु भयो । तर नेता पौडेलले भने आफू सभापतिको स्वभाविक उम्मेदवार रहेको भन्दै सबैलाई सहयोग गर्न आग्रह गर्नु भयो ।
बैठकमा विमलेन्द्र निधि, शशांक र प्रकाशमानसिंह बीचको छलफलको समेत चर्चा भएको थियो । त्यसबारे शशांकले ब्रिफिङ गर्दै सहयोग आदानप्रदान गर्नु भयो । युवा नेताहरु गगन थापा र गुरुराज घिमिरेले एकल उम्मेदवार बनाए साथ दिने, तर त्यो भन्दा बढि उम्मेदवार भएकोले आफूहरुले छनोट गर्ने धारणा राख्नु भएको थियो ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments