काठमाडौं/१२ असार
मनसुनी वायुको प्रभावले आज र भोलि देशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालको दक्षिण भू-भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेको छ।
त्यसैको प्रभावले आज देशका अधिकांश भू-भागमा सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
पूर्व अनुमान महाशाखाले आज दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ। बाढी पहिरोको समेत जोखिम रहेकले सतर्क रहन अनुरोध गरेको छ ।
आज राती देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश एक/दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ।
भोलि:
दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments