थाहानगर/१२ असार
इन्द्रायणी मोटर बाटोको इन्द्रायणी चौर-देउला वस्ती पालुङ खोलामा ह्युम पाइपसहितको डाइभर्सन तयार भएको छ । डाइभर्सन तयार भएपछि मुख्य सडक तथा बजार आउजाउमा सहज भएको छ ।
असार १ गतेको बाढीले ह्युम पाइप बगाउने सम्भावना भएपछि पुल निर्माण कम्पनी सपना निर्माण सेवा सो ह्युम पाइप निकाएको थियो । ह्युम पाइप हटाए पछि वडा नम्बर २ पालुङ, अङ्गारे, सोल्टु, फेदिगाउका नागरिकलाई समस्या भएको थियो । सो समस्याका विषयमा अघिल्लो हप्ताको शुक्रबार बाइरोड न्युजले लाइभ समाचार प्रेषित गरेको थियो । 
लाइभमा बोल्दै निर्माण सेवाका प्रोपाइटर सुजन कार्कीले आइतबारसम्ममा ह्युम पाइप हालेर आवागमन सहज बनाउने प्रतिवद्दता व्यक्त गर्नु भएको थियो । तर, मेशिनमा प्राविधिक समस्या आएपछि तोकिएको दिनमै काम सम्पन्न गर्न नसकेको बताउनु भयो ।
बागमती प्रदेशअन्तर्गतको पूर्वाधार विकास मन्त्रालयबाट ५ करोड ७४ लाखमा ठेक्का पाएको सपना निर्माण सेवाले आउँदो असार २०७९ सम्ममा सो पुल निर्माण सम्पन्न गरिसक्नु पर्नेछ । पुलको लम्बाई ४० मिटर रहेको छ ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments