Byroad News

Loading...

राष्ट्रपतिले प्रधानमन्त्रीको कार्यकर्ता बनेर काम गरेको देउवाको आरोप


राष्ट्रपतिले प्रधानमन्त्रीको कार्यकर्ता बनेर काम गरेको देउवाको आरोप

काठमाडौं/१२ असार
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता बनेर काम गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आरोप लगाउनु भएको छ ।

संघीय संसद भवन बानेश्वरमा विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले प्रधानमन्त्रीको दाबीमा शंका लाग्दा सनाखत गर्न सक्ने अधिकार भए पनि नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो ।

सभापति देउवाले आफुहरुले १४९ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेकोमा शंका लागे राष्ट्रपतिले सनाखत गर्न सक्ने बताउँदै राष्ट्रपतिले तेसो नगरी रातारात संसद विघटन गरेकोमा दु:ख लागेको बताउनु भयो ।

राष्ट्रपतिले संविधानअनुसार आफूलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्नेमा नगरेपछि आफूहरु अदालत जानुपरेको प्रष्ट पार्नु भयो । 

Comments

KATHMANDU WEATHER