# Recent News
काठमाडौं/१२ असार
विपक्षी गठबन्धनका नेताहरुले एकअर्कालाई धोका नदिने प्रतिबद्धता जनाउनु भएको छ ।
आज (शनिबार) दिउँसो संघीय संसद भवनको ल्होत्से हलमा पत्रकारसँगको अन्तक्रिया कार्यक्रममा शीर्ष नेताहरुले गठबन्धनमा कसैलाई धोका नहुने वचनवद्धता व्यक्त गर्नु भएको हो ।
पत्रकारको प्रश्नको जवाफमा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले काँग्रेस सभापति देउवाको सट्टा आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आए पनि आफूले स्वीकार नगर्ने बताउनु भयो ।
नेपालपछि बोलेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवालाई आफूहरु (माधव नेपाल र प्रचण्ड)ले नै प्रधानमन्त्रीका लागि अगाडि सारेको बताउनु भयो । प्रचण्डले आफू प्रधानमन्त्री नबन्ने कुरा नेकपामै हुँदा बताएको भन्दै देउवालाई प्रधानमन्त्री बन्ने कुरामा धोका नहुने बताउनु भयो ।
Featured News
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments