Byroad News

Loading...

युरोकप : वेल्सलाई पराजित गर्दै डेनमार्क क्वाटरफाइनलमा


युरोकप : वेल्सलाई पराजित गर्दै डेनमार्क क्वाटरफाइनलमा

काठमाडौं/१३ असार
डेनमार्क युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिवार राति भएको खेलमा वेल्सलाई हराउँदै डेनमार्क क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

डेनमार्कले वेल्सलाई ४–० गोल अन्तरले पराजित गरेको छ । नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा डेनमार्कलाई जित दिलाउन कास्पर डोलवर्गले दुई गोल गरे । जोकिम माहेल र मार्टिन ब्रेथवेटले एक एक गोल गरे ।

खेलको २७ औँ मिनेटमा डोलवर्गले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाए भने ४८ औँ मिनेटमा डोलवर्गले दोस्रो गोल गरेका थिए । ८८ औँ मिनेटमा माहेलले गोल गर्दै डेनमार्कलाई ३–० को अग्रता दिलाए । खेलको इन्जुरी समयको पहिलो मिनेटमा ह्यारी विल्सनले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो । इन्जुरी समयमा मार्टिनले गोल गर्दै डेनमार्कलाई ४–० को सहज जित दिलाएका थिए ।

यो जितसँगै डेनमार्क अन्तिमा आठमा प्रवेश गरेको छ ।

अब डेनमार्कले सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्स र चेक रिपब्लिकसँग खेल्नेछ ।

Comments

KATHMANDU WEATHER