Byroad News

Loading...

मकवानपुरमा पुनः अझ खुकुलो बनाउदै एक हप्ता निषेधाज्ञा थप्ने तयारी


मकवानपुरमा पुनः अझ खुकुलो बनाउदै एक हप्ता निषेधाज्ञा थप्ने तयारी

थाहानगर/१३ असार
मकवानपुरमा कोरोना भाइरस संक्रमणको जोखिम कायम रहेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जारी निषधाज्ञालाई एक हप्ता थप गर्ने तयारी गरेको छ ।

जारी रहेको निषेधाज्ञालाई खुकुलो गर्दै निषेधाज्ञालाई थप गर्ने तयारी रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनु भयो। उहाँले आज दिउँसो जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बठैक बस्न लागेको र निषेधाज्ञालाई थप गर्दै कस्तो मोडालिटिमा जाने भन्ने बारे छलफल हुने बताउनु भयो ।

जिल्लामा एक हजारको संख्यामा सक्रिय संक्रमित उपचाररत रहेको भन्दै संक्रमणको जोखिमलाई मध्यनजर गदै निषेधाज्ञा खुकुलो गर्दै थप गर्न लागिएको स्रोतले बताएको छ । यस पटकको निषेधाज्ञामा सार्वजनिक यातायात समेत सञ्चालन गर्न दिने मोडालिटीमा जान सक्ने स्रोतले बताएको छ ।

प्रशासनले जारी गरेको निषेधाज्ञा भोलि असार १४ गते रातको १२ बजेसम्म रहेको छ ।

Comments

KATHMANDU WEATHER