काठमाडौं/१३ असार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अहिले राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा माहोल तातेको समयमा राप्रपा गतिहीन हुन नहुने भन्दै आगामी भदौमा पार्टीको महाधिवेशन गर्नुपर्ने आफ्नो प्रष्ट धारणा रहेको बताउनु भएको छ ।
आइतबार सामाजिक संजालमा टुईट गर्नु हुँदै अध्यक्ष थापाले पार्टीको महाधिवेशन भदौमै हुनुपर्ने बताउनु भएको छ । थापाले हिन्दू राष्ट्र/राजसंस्थाको पक्षमा माहोल तातेको बेला सशक्त भूमिका खेल्नका लागि महाधिवेशन आवश्यक भएको धारणा राख्नु भएको हो। उनले राप्रपालाई अग्रणी शक्ति बनाउन महाधिवेशन भदौमै हुनुपर्ने लेख्नु भएको छ ।
अध्यक्ष थापाले ’तीनघोडे रथ’को गतिहीनता अन्त्य गर्दै फागुनमा हुने स्थानीय चुनावको तयारी गर्नका लागि तथा पार्टी एकता गर्दाको सम्झौता पालना गर्न पनि भदौमा पार्टी महाधिवेशन हुनुपर्ने बताउनु भएको छ ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments