Byroad News

Loading...

कोरोनामा विद्यालय: बन्द रहेको आज २ महिना के के गर्दैछ बिद्यालय?


कोरोनामा विद्यालय: बन्द रहेको आज २ महिना के के गर्दैछ बिद्यालय?

थाहानगर/१४ असार
बैशाख ११ गते थाहानगरभरिका प्रधानाध्यापकहरुको बैठक बस्यो । बैठकले कक्षा ८ लगायत जेठ २ गतेदेखि हुने भनिएको सबै कक्षाहरुको वार्षिक परीक्षा कोरोना संक्रमण फैलन सक्ने सम्भावना औल्याउँदै बैशाख १९ गतेदेखि संचालन गर्ने निर्णय गर्यो । 

तर, त्यो निर्णयपछि एकै हप्तामा परीक्षा सुरु गर्न दबाब बढ्यो । बिद्यार्थीहरुलाई वार्षिक परीक्षाको सूचना गरेकै २ दिनपछि कोरोनाको सम्भावित जोखिमको कारण अन्श्चितकालीन पठनपाठन बन्दको सूचना सुनाएर बिद्यालयमा ताला लगाएको आज दुई महिना पूरा भएको छ ।

यो वर्ष त्यत्ति अनौठो त भएन लगातार दुई महिना विद्यालय बन्द गर्दा किनभने वर्ष केहि बिद्यालयहरु छोडेर अधिकांश बिद्यालयहरु ६ महिना बन्द थियो । चैत्र ५ गतेदेखि बन्द रहेको विद्यालय एकैचोटी असोज ७ गतेदेखि मात्र खुल्यो तर, असोजदेखि मात्रै पढ्न पाएका विद्यार्थीहरुले यो वर्ष पनि परीक्षा दिनै पाएनन् । झन्डै विद्यालयमा नाम लेखाएका सबैजसो विद्यार्थी कक्षा उक्लिएका छन् ।

यस पटक विद्यालय बन्द भएको २ महिना बितिसक्दा आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशित गर्न र नयाँ विद्यार्थी भर्ना लिन बाहेक सरकारी तहबाट कुनै ठोस निर्देशन दिइएको छैन । 'माथिबाट पनि कुनै निर्देशन आएको छैन, निर्देशन आएपछि सोही अनुसार गर्नेछौं' थाहानगर शिक्षा शाखाका अधिकृत भवना सुबेदीले बताउनु भयो । 

निषेधाज्ञाले अन्य क्षेत्रलाई क्रमिक रुपले खुकुलो बनाउदै लगिएपनि शिक्षा क्षेत्रको अवस्था विश्लेषण समेत गरिएको छैन । बिद्यार्थीहरु बिद्यालयमा कसरी जोड्न सकिन्छ भन्ने चिन्तन समेत भएको छैन । 

तर, अहिले सबै जसो सामुदायिक बिद्यालयहरुले भर्ना आव्हान गर्दै पाठ्यपुस्तक वितरण गरिरहेको छ । 'घरमा लगेर पढ्दै गर्ने' भन्ने बाहेक अरु केहि गर्न सकेको अवस्था छैन । 'धेरै विद्यार्थीहरु इन्टरनेटको पहुँचमा छैनन्, चाहेर पनि अनलाइन कक्षा संचालन गर्न सकिरहेका छैनौ ।' झम्केश्वरी माविका सहायक प्रधानाध्यापक भूमिराज अवस्थी बताउनु हुन्छ ।

केही संस्थागत विद्यालयहरुले भने एक हप्ता अघिदेखि नै अनलाइन कक्षा संचालन गरिसकेका छन् तर अझै धेरै विद्यार्थी अनलाइनको पहुँच बहिर रहेको पालुङ भ्याली हार्ट एकेडेमीका संयोजक सरु पौडेल बताउनु हुन्छ । 'भौतिक कक्षा जस्तो त के हुन्थ्यो र तर नियमित अनलाइनमा आउने विद्यार्थीलाई त राम्रो भएको छ तर विभिन्न कारण अझै सबै विद्यार्थी अनलाइनको पहुँच बाहिरै छन् ।'

संस्थागतका केही बिद्यालयले पनि असार ६ गतेदेखि नै अनलाइन कक्षा संचालन गर्ने सुचना गरिएको भएपनि विद्यार्थी सम्पर्कमा नआए पछि अहिलेसम्म कक्षा संचालन गर्न सकेको छैन । 

यद्यपि, जे जे भएपनि बितेको दुई महिना शैक्षिक गतिबिधिलाई कसरी चलायमान बनाउने भन्ने तर्फ सरोकार निकायको चासो न्यून रह्यो । 'वजेटले पनि वैकल्पिक शिक्षण विधि तथा क्रियाकलापलाई सम्बोधन गरेन, यो दुखद पक्ष हो तर हामी सबै कक्षाहरुलाई अनलाइन विधिबाट जोड्ने प्रयत्नमा छौँ ।' जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्की भन्नुभयो, 'सरोकार निकायहरु अहिले पनि चिन्तित नभए सर्टिफिकेटधारी असक्षम जनशक्ती मात्र उत्पादन हुनेछ, यसले भविष्य अन्यौल देखिने निश्चित छ ।'

Comments

KATHMANDU WEATHER