# Recent News
सुर्खेत/१४ असार
कर्णाली प्रदेश सरकारले असार १५ भोलि अर्थात् धान दिवसको दिन सार्वजनिक बिदा दिने भएको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमबार (आज) सूचना जारी गर्दै मंगलबार जुम्लाबाहेकका जिल्लामा सार्वजनिक दिने जानकारी दिएको छ । प्रदेशका १० जिल्लामध्ये जुम्लाबाहेकका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरू बन्द हुनेछन् ।
असार १५ दही–चिउरा खाएर मनाउने चलन छ । यस दिनलाई मानो रोपेर मुरी उब्जाउने दिनका रूपमा समेत लिइन्छ । धान दिवसको दिनमा कृषिलाई प्रवर्द्धन गर्नका लागि पनि सार्वजनिक बिदा दिइएको हो ।
Featured News
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments