थाहानगर/१९ असार
असार १७ र १८ गते परेको अविरल वर्षाले थाहा नगरपालिका क्षेत्रमा पुर्याएको क्षति विवरण संकलन गर्न वडा कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
आज (शनिबार) थाहा नगरपालिकामा बसेको नगरस्तरीय विपद व्यवस्थापन समितिको बैठकले सबै वडामा भएको धनजनको क्षति विवरण तत्काल संकलन गरि नगरपालिकामा बुझाउन वडा कार्यालयहरुलाई निर्देशन दिने निर्णय भएको हो ।
नगरका मेयर लवशेर विष्टको अध्यक्षतामा बसेको बैठकले भविष्यमा हुन सक्ने प्राकृतिक प्रकोपको जोखिमलाई ध्यानमा राख्दै नगरबासीलाई सुरक्षित स्थानमा बस्न आव्हान गरिएको छ । हाल बसिरहेको स्थान असुरक्षित भएको महसुस भएमा तत्काल सम्बन्धित वडा प्रतिनिधिहरुलाई खबर गर्न समेत आग्रह गरेको छ ।
बिपतमा परेका नागरिकहरुलाई तत्काल वडास्तरबाटै सहयोग गर्ने बारेमा समेत बैठकमा छलफल गरेको छ । प्रारम्भिक तथ्यांक अनुसार नगरका सबै वडाहरुका भित्री सडकमा क्षति पुगेको छ । केही घरपरिवार पहिरोको जोखिममा परेका छन् । तरकारी बाली नष्ट भएको छ । केही चौपाया मरेका छन् ।
बैठकले क्षति पुगेको सडक मर्मतका लागि नगरले तोकेको मापदण्ड अनुसार आवश्यक काम थाल्न पनि वडाध्यक्षहरुलाई आग्रह गर्ने निर्णय गरेको छ ।
तस्वीर: मनोज ढकाल
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments