थाहानगर/२१ असार
गएको असार १८ गतेको बाढीपहिरोले क्षतिग्रस्त थाहा नगरपालिकाका भित्री सडकहरु धमाधम मर्मत सुरु भएका छन् ।
बाढीले अत्याधिक क्षति गरि मुख्य सडकसँग सम्पर्क विच्छेद भएको त्रिवेणी—फेदीगाउँको भुसखादसम्मको सडक करिव करिव संचालनमा आइसकेको २ नम्बर वडाध्यक्ष गुप्तबहादुर कार्कीले जानकारी दिनुभयो । यसैगरि, वडा नं. २ कै उपल्लो अँगारेसम्मको सडक आज दिनभरिमा संचालनमा आउने छ । कोलाचौरसम्मको सडक संचालनमा आइसकेको छ । कार्की गाउँको पुरानो छाप्रोसम्म संचालनमा आइसकेको छभने एफएम डाँडाहुँदै जाने सडक भने संचालनमा रहेको अध्यक्ष कार्कीले बताउनु भयो ।
अँगारे—भाङखोरियाको सडक भने तत्काल संचालनमा आउन सक्ने अवस्था छैन । ‘सो सडक मर्मत गर्न पचास लाख रुपियाँले पनि पुग्ला कि नपुग्ला’ वडाध्यक्ष कार्कीले भन्नुभयो । कार्कीका अनुसार हिजेसम्म ३ एक्साभेटरले सडक मर्मतसम्भार गरिएको थियो । आज २ वटा एक्साभेटर र एउटा जेसीवीले सडक मर्मतसम्भार गरिरहेको छ ।
यसैगरी, दामन—डाँडाबास अन्र्तगतका क्षतिग्रस्त सडकको विभिन्न भागमा मर्मत भइरहेको छ। वडा नं.७ का सदस्य दिपेन्द्र लामाले फेसबुकमा लेखेअनुसार चिलपहराको पहिरो हटाइएको छ ।
आज डाँडाबास—चिसापानी सडक मर्मत भइरहेको छ । वडा नं. ३ अन्तर्गतका भुङ्दलमा भएको सडक कटानको मर्मत कार्य २ नम्बर वडाको काम सकाएपछि एक्साभेटर लगेर सुरु गरिनेछ । भुङदल—दम्की सडक पनि मर्मत भइरहेको छ ।
चौकी—किटेनी मोटर बाटोमा रहेको अवरोध ४ नम्बर वडा सदस्य रवि विष्टको अगुवाईमा जनता आफैले मर्मतसम्भार गरि संचालनमा ल्याइसकेको छ । किटेनी—रुप्से—फुर्के लगायतका स्थानहरुमा भने अझै पहिरो हटाउन सकिएको छैन । यसैगरी, वडा नं. १२ मा क्षति भएका सडकहरुको मर्मत कार्य आजबाट सुरु गरिएको छ ।
हिजो असार २० गते बसको कार्यपालिका बैठकको सबैभन्दा बढी क्षति भएका वडाहरु ५, ७, ८, ११ र १२ का सडकहरु मर्मतका लागि नगरपालिकाबाट ७ सय लिटरका दरले डिजल उपलब्ध गराउने र अन्य वडाहरुका लागि २ सय लिटर उपलब्ध गराउने निर्णय भएको छ । साथै, नपुग खर्च वडाका अन्य योजना तथा आन्तरिक वजेटहरुबाट व्यवस्थापन गर्ने समेत निर्णय भएको छ ।
तस्वीर: फेदीगाउँको स्ल्याव ढलानमा पुर्याएको क्षति, तस्वीर कैद: अमृता गुरुङ
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments