सुरेन्द्रमान प्रधान/थाहानगर
त्रिभुवन राजपथको दामन - शिखरकोट खण्डमा अहिले धमाधम कालोपत्रे हुँदैछ ।
हरेक दिन पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागले मनसुन सुरु भइसकेको हुँदा देशैभरि सतर्क हुन चेतावनी दिइरहँदा सो सडकको कालोपत्रे गर्न ठेक्का पाएको रोजन निर्माण सेवाले भने आकाश हेरेर काम गरिरहेको छ ।
नौबिसेमा तयार गरिएको कालोपत्रको मेटेरियल टिपरमा बोकेर यहाँ कालोपत्रे गरिरहेको छ । यस सम्बन्धी बाइरोडले भिडियोसहित स्थलगत रिपोर्टिङ गरेपछि डिभिजन सडक कार्यालय हेटौंडाका प्रमुख खड्ग बहादुर श्रेष्ठले सो सडक हेर्ने जिम्मा पाएका इन्जिनियर लोमस उपाध्यायलाई निरीक्षण गर्न निर्देशन दिनुभयो । इन्जिनियर उपाध्यायले स्थलगत निरीक्षण गरि तत्काल काम नगर्न निर्देशन गरेको बाइरोडसँग बताउनु भयो ।
निर्माण सेवा कम्पनीले सडकका हाकिमहरुको निर्देशनलाई अटेर गरेर अझै पनि कालोपत्रेको काम निरन्तरता गरिरहेको विषयमा डिभिजन सडक कार्यालयका प्रमुख श्रेष्ठ र इन्जिनियर उपाध्यायसँग बुझ्दा आफूहरुले प्रतिकूल मौसममा काम नगर्न निर्देशन दिएको बताउनु भयो । ‘हामीले यो प्रतिकूल मौसममा काम नगर्न कम्पनीलाई निर्देशन दिएका छौँ, कालोपत्रे बिग्रिएको भत्किएको ठाउँमा फेरि गराउँछौँ ।’ इन्जिनियर उपाध्यायले बाइरोडसँग भन्नुभयो, ‘उसो भए म आफै भोलि त्यहिँ आएर हेरौँला ।’
अहिले विभिन्न स्थानमा झरेको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध हुने गर्नाले त्रिभुवन राजपथमा यातायातको चाप समेत बढेको छ । गए राति (बुधबार) सवारी अवागमन नै बन्द गरी कालोपत्रे गरिरहेका थिए ।
भिडियो हेर्न तलको लिङ्क क्लिप गर्नुहोस् ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments