Byroad News

Loading...

अब मौसम सफा भएपछि मात्र कालोपत्रे हुन्छ: इन्जिनियर

समाचार प्रकाशन भएको आधा घण्टामै प्रभाव

अब मौसम सफा भएपछि मात्र कालोपत्रे हुन्छ: इन्जिनियर

थाहानगर/२४ असार
त्रिभुवन राजपथको दामन—शिखरकोट खण्डमा हाल भइरहेको कालोपत्रेको गुणस्तर नभएको समाचार बाइरोडले भिडियो सहित प्रकाशन गरेको आधा घण्टामै डिभिजन सडक कार्यालयले काम रोक्न निर्देशन दिएको छ । 

डिभिजन सडक कार्यालयका इन्जिनियर लोमस उपाध्यायले निर्माण कम्पनी रोजन निर्माण सेवालाई अहिले तुरुन्तै काम रोक्न निर्देशन दिनु भएको बाइरोडसँग बताउनु भयो । उहाँले भन्नुभयो, ‘मैले तुरुन्त काम रोक्न भनेको छु, अब मौसम अनुकूल भएपछि (करिब) भदौदेखि मात्र काम सुरु हुनेछ ।’

बाइरोडले सो निर्माण सेवाले त्रिभुवन राजपथमा गरेको कामहरु गुणस्तरहीन भएको जानकारी गराइएपछि इन्जिनियर उपाध्यायले मौसम अनुकूल भएपछि बिग्रिएका, भत्किएका सबै क्षेत्रहरुमा पुन: काम गराउने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले स्थानीयले समेत चासो दिएर निगरानी गर्न आग्रह गर्नुभयो । अब वर्षासम्ममा सो क्षेत्रमा कालोपत्र हुनेछैन । 

https://www.facebook.com/1653944131/videos/209342941101042/

Comments

KATHMANDU WEATHER