काठमाडौं/२५ असार
नेकपा माओवादी (केन्द्र)ले निर्वाचन आयोगमा दल दर्ता खारेजीका लागि परेको निवेदन सम्बन्धमा आक्रोसपूर्ण विज्ञप्ति जारी गरी ध्यानाकर्षण भएको जनाएको छ।
पार्टीका तर्फबाट केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले एक आक्रोसपूर्ण विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाउनु भएको हो ।
‘केही अवसरवादी, लालची र अनैतिक तत्वहरुको उक्साहटमा पार्टीलाई बदनाम गराउन यस्तो हर्कत गरिएको’ विज्ञप्तिमा उल्लेख छ।
सरोज बुढाथोकी नामबाट निवेदन दर्ता भएकोमा आक्रोस व्यक्त गर्दै अब उपरान्त सो प्रकारको बेसरोकारको निवेदन दर्ता नगर्न समेत अप्रत्यक्ष रुपले निर्वाचन आयोगलाई समेत ध्यानाकर्षण गराइएको छ ।
विज्ञप्ति:

Featured News
-
-
-
2 months agoथाहाको बजेट ९१ करोड

Comments