धनगढी/२५ असार
धनगढीका व्यवसायी गोपाल हमालले नि:शुल्क महामस्थान यान सञ्चालमा ल्याउनु भएको छ ।
मृत्युपछि आर्यघाटसम्मको यात्रा सहज होस् भन्ने उद्देश्यका साथ नि:शुल्क महाप्रस्थानयान सञ्चालनमा ल्याएको हमाालले बताउनु भयो ।
शुक्रबार धनगढीमा महाप्रस्थान यान नि:शुल्क रुपमा सञ्चालनका लागि हस्तान्तरण गरिएको छ। शिक्षाविद डा. हेमराज पन्त र हमाल परिवारले महाप्रस्थान यान सञ्चालनको जिम्मेवारी पाएका धनगढीका शिद्धराज पनेरुलाई यानको साँचो हस्तान्तरण गर्नु भयो । महाप्रस्थान यान सञ्चालनको लागि ३० लाख रुपियाँ लगानी परेको छ ।
हमालले पार्थिव शरीरलाई सम्मानसहित दाहसंस्कारको लागि लैजान सो यानको व्यवस्था गरिएको बताउनु भयो ।
‘परिवारको सदस्य गुमाउँदा कुनै पनि परिवार शोकमा डुबेको हुन्छ। त्यस्तो अवस्थमा शुल्क तिरेर पनि शव वाहन पाउन मुस्किल हुन्छ। शव यात्राका लागि अधिकांशले गाडी दिनै नमान्ने समस्या पनि छ। त्यसैले महाप्रस्थान यानको नाम दिएर नि:शुल्क वाहन सञ्चालन गरिएको हो’, हमालले बताउनु भयो ।
यानभित्र पार्थिव शरीर र किरिया पुत्री बस्न मिल्ने छुट्टाछुट्टै क्याविन छ। साथै यानको अगाडिको भागमा फूलमालासहित मृतकको फोटो राख्न सकिन्छ। यान धनगढी उप–महानगरपालिकास्थित मोहना नदी आर्यघाट, गोदावरी नदी आर्यघाट, खुटिया, कञ्चनपुरको महाकाली आर्यघाटसम्म सञ्चालन हुने छ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहनु भएका हमालले धनगढीमा सामाजिक क्षेत्रमा विभिन्न काम गदैँ आउनु भएको छ । सो यान सञ्चालन खर्च हमाल परिवारले नै व्यहोर्ने छ। यान सञ्चालका लागि एक चालकको समेत व्यवस्था गरिएको छ।
-
-
-
2 months agoथाहाको बजेट ९१ करोड

Comments