Byroad News

Loading...

कैलाश गाउँपालिकाको बजेट बहिस्कार, अध्यक्षले होटलमा बसेर बजेट बनाएको आरोप


कैलाश गाउँपालिकाको बजेट बहिस्कार, अध्यक्षले होटलमा बसेर बजेट बनाएको आरोप

थाहानगर/२७ असार
मकवानपुरको कैलाश गाउँपालिकाको बजेट बाँडफाँडमा अध्यक्ष टंकबहादुर मोक्तानले एकलौटी गरेको आरोप लगाउदै वडा अध्यक्षहरुले बजेट बहिस्कार गरेका छन् । 

गत असार १५ गते नीति तथा कार्यक्रम पास गरेको गाउँपालिकाले आज बजेटलाई अन्तिम रुप दिनको लागि बिहान कार्यपालिका बैठक बोलाएको थियो । तर वडा अध्यक्षहरुलाई जानकारी नदिई हेटौँडाको होटलमा बसेर बजेट बाँडफाँड गरेर अध्यक्षले एकलौटी गर्न खोजेपछि आफूहरुले बहिस्कार गरेको वडा नम्बर ५ का अध्यक्ष छेकु लामाले जानकारी दिनुभयो । 

बजेट वहिस्कार गर्नेहरुमा नेकपा एमालेका ४ र नेपाली काङ्ग्रेसका ४ जना रहेका छन् । कैलाश गाउँपालिकामा १० वटा वडा छन् । बैठक बहिस्कार गर्नेमा वडा नंबर १, २, ५, ६, ७, ८, ९, १० नंबरका वडा अध्यक्षहरु रहेका छन् । जसमध्ये वडा नंबर १,५, ८ र ९ नंबर वडामा एमालेका र २, ६, ७ र १० नंबर वडा मा नेपाली काङ्ग्रेसबाट विजयी वडाध्यक्षहरु छन् ।

यस अघि विभिन्न विषयहरुमा समेत कैलाश कार्यपालिकाभित्र रस्साकस्सी हुँदै आएको थियो । वडाध्यक्ष छेकु लामाका अनुसार "हेटौँडाको होटलमा माओवादीहरुसँग बसेर गाउँपालिकाको बजेट एकलौटी ढंगले बजेट बनाउन थालेको भन्दै वहिस्कार गरेको बताउनु भयो ।

आफूहरुले पटक–पटक गाउँपालिका अध्यक्षसँग बसेर सामुहिक छलफलमा योजना निर्माण गर्न अनुरोध गरेपनि अध्यक्षले कुनैपनि कुरा नमानेको र चोर बाटोबाट बजेट पास गर्न खोजेको कारण आफूहरुले बहिस्कार गरेको प्रतिक्रिया दिनुभयो ।

यस सन्दर्भमा गाउँपालिका अध्यक्ष टंकबहादुर मोक्तानसङ्ग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । उहाँसङ्ग सम्पर्क भएपछि प्रतिक्रिया लिने नै छौँ ।

Comments

KATHMANDU WEATHER