Byroad News

Loading...

वागमती प्रदेश विषयगत मन्त्रालयबाट थाहानगरमा १० करोड बढी वजेट विनियोजन (कहाँ कहाँ कति कति पर्‍यो वजेट, हेर्नुहोस् ।)


वागमती प्रदेश विषयगत मन्त्रालयबाट थाहानगरमा १० करोड बढी वजेट विनियोजन (कहाँ कहाँ कति कति पर्‍यो वजेट, हेर्नुहोस् ।)
  • सुरेन्द्रमान प्रधान/३० असार

आउँदो आर्थिक वर्ष २०७८/०७९ का लागि वागमती प्रदेश सरकारको विषयगत मन्त्रालयहरुबाट थाहा नगरपालिकाका विभिन्न योजनाहरुका लागि १० करोड २७ लाख ४० हजार रुपियाँ वजेट विनियोजन गरिएको छ । 

सरकारको संरचना अनुसार संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार गरी तीन तहका सरकार रहेकोमा बजेट माग गर्दा न त माग गर्नेले तह अनुसारका कार्यक्रमहरु माग गर्न सकेका छन् न त बजेट विनियोजन गर्ने निकायले नै आफ्नो हैसियतलाई हेक्का राख्ने गरेका छन् । 
 
भौतिक पूर्वाधार विकास मन्त्री रामेश्‍वर फुयालले पनि यो कुरालाई स्वीकार्नु भएको छ । मन्त्री फुयालले नेकपा एमाले थाहा नगर कमिटीले असार २८ गते आयोजना गरेको भेटघाट कार्यक्रममा भन्नुभयो, ‘प्रदेश सरकार भनेको मझौला योजनाहरुका लागि छानिनु पर्थ्यो तर, वडा कार्यालयले गर्न सक्ने योजना पनि प्रदेशमै आएका छन्, संघीय सरकारसँग माग गर्नु पर्ने योजना पनि प्रदेश सरकारसँगै माग गर्ने परम्परा बनेको प्रति मन्त्री फुयालले चिन्ता व्यक्त गर्नुभयो । 

आ.व. ०७८/०७९ का लागि छनौट भई वजेट विनियोजनमा परेका कतिपय योजनाहरु थाहा नगरपालिकाको मागका आधारमा छानिएका छन् भने कतिपय योजनाहरु नेकपा एमालेले माग गरेका आधारमा छनौट भएको स्रोतले बताएको छ भने केहि योजनाहरु मन्त्री आफैले छनौट गरिएका योजनाहरु छन् । 
थाहा नगरपालिकाको ३ नम्बर वडामा रहेको सेतीगणेश मन्दिर पूर्वाधार निर्माणको शीर्षकमा १० लाख रुपियाँ विनियोजन गरिएको छ ।  

थाहा ९ स्थित भण्डार खर्क कृषि सडक निर्माणका लागि २० लाख रुपियाँ, थाहा ७ का लागि कृषि संकलन केन्द्र निर्माणका लागि १० लाख, थाहा ७ बाख्रा प्रवद्र्धन कार्यक्रम १० लाख, थाहा ७ बसेरी खानेपानी योजना १५ लाख, थाहा ६ पापुङ ग्रामीण सडक स्ल्याव ढकान २५ लाख रुपियाँ वजेट विनियोजन गरिएको छ । 

यसैगरी, थाहा ६ को बज्रबाराही—कटुवाल सडक स्याव ढलान २५ लाख, थाहा ८ दामगाडे—महादेव बेसी सडक ३० लाख, थाहा २ भाङखोरिया—कोटथुम्की मोटरबाटो १० लाख, थाहा ५ गहतेखोला—खर्क—खड्का टोल सडक १० लाख, थाहा १२ लिति आदमारा र थाबे ५ धादिङ जोड्ने सडक १० लाख, थाहा ९ जनक प्रा.वि. कम्पाउण्ड निर्माण १० लाख रुपियाँ विनियोजन गरिएको छ । 

यसैगरी, थाहा ९ स्थित कालीदेवी प्रा.वि. कक्षा कोठा थप गर्न १० लाख, थाहा ९ महालक्ष्मी कक्षा कोठा थप १० लाख, थाहा ६ बज्रबाराही मावि विज्ञान प्रयोगशाला निर्माण १२ लाख, थाहा २ बस्ती वचाउ तटबन्ध निर्माण १० लाख, फेदीगाउँ तटबन्ध निर्माण १० लाख, थाहा ३ तल्लो खोला बस्ती वचाउ २० लाख, थाहा २ कोटथुम्की पर्यटन विकास कार्यक्रम २० लाख, चिसापानी, गैरीगाउँ, चुच्चेखोला सडकमा पर्ने काठको पुल भएको स्थानमा पक्की पुल, स्लाव ढकाल १५ लाख, थाहा १ र ५ झम्केश्वरी—फुर्के बशन्त जोड्ने पुल डीपीआर १० लाख, थाहा ११ नौखण्डे गुम्बा निर्माण स्थल जाने सडक ३० लाख रुपियाँ विनियोजनमा परेको छ । 

यसैगरी, इन्द्रायणी चौर—सतिघाट खोला पक्की पुल ३ करोड (निरन्तर), थाहा वडा नं.८ कार्यालय जोड्ने झोलुङ्गे पुल १५ लाख, थाहा १२ जगडाँडा—टिष्टुङ सिंचाई ४० लाख, थाहा ६ भटवाल कलम्पो सिंचाइ १५ लाख, थाहा ४ सिमभञ्ज्याङ पोखरी संरक्षण ३३ लाख, थाहा ४ सिमभञ्ज्याङ जमिनमूनिको पानी सर्वेक्षण योजना १५ लाख, थाहा ४ जग्गरघारी खानेपानी योजना ५० लाख, थाहा ३ सिताराम जेष्ठ नागरिक दिवा केवा केन्द्र, पूजिगत सहयोग १५ लाख, इन्द्रायणी चौर कभड हल निर्माण (बहुवर्षिय) १ करोड ७२ लाख, थाहा ९ राज कुलो सिंचाइमा ९ लाख ८० हजार र १५ लाख ६० हजार रुपियाँ विनियोजन गरिएको छ । थाहा खानेपानी आयोजना दामन १५ लाख रुपियाँ विनियोजन गरिएको छ ।

यी बाहेक प्रदेश सशर्त कार्यक्रम अन्तर्गत ४ करोड ९४ लाख ६ हजारको वजेट विनियोजन गरिएको छ । कृषि उपज सामुहिक उद्योग थाहा १ र ६ का लागि २० लाख, थाहा २ डाँडामुख—गैरीगाउँ जोड्ने सडक स्ल्याव ढलान २० लाख, थाहा ७ धुलेडाँडा—पोखरी चौर चिसापानी जोड्ने सडक स्ल्याव ढलान २० लाख, थाहा १२ को बशन्त मुलावारी झाप्रे सडक स्ल्याव ढलान २० लाख, थाहा ६ थहचोक—पापुङ सडक २० लाख, थाहा ९ कपु गाउँ तोगार—महाचुनी थान जोड्ने सडक स्तरोन्नति २० लाख, १५ शैय्या अस्पताल संचालन निरन्तरता ४० लाख, सामुहिक कृषि उपज उद्योग १५ लाख, थहचोक—ऐलाख कृषि सडक स्तरोन्नति २० लाख, शीत भण्डार निर्माण (निरन्तरता) २ करोड र थाहा ४ गोलमोड फापरबारी दउराली कृषि सडक ३० लाख रुपियाँ विनियोजन गरिएको छ । 

यसैगरी, प्रदेश समपुरक अनुदान अन्तर्गत ३ करोड रुपियाँको वजेट विनियोजन गरिएको छ । यस अन्तर्गत चिसापानी—देउखेल—चल्ती—बसेरी सडक १ करोड, फेदीगाउँ—त्रिवेणी वस्ती संरक्षण १ करोड र क्रसर डाँडा—कुलगाउँ—पोखरी कुन्छाल सडक १ करोड विनियोजन गरेको छ । 

Comments

KATHMANDU WEATHER