Byroad News

Loading...

चोरीको आरोपमा वडासचिव र प्राविधिक सहायक पक्राउ


चोरीको आरोपमा वडासचिव र प्राविधिक सहायक पक्राउ

बझाङ/३ असार
बझाङको बुङ्गल नगरपालिकामा सामजिक सुरक्षा भत्ता रकम चोरी गरेको आरोपमा वडा सचिव र प्रविधिक सहायक पक्राउ परेका छन् ।

उहाँहरुमाथि ३९ लाख रुपियाँ चोरीको आरोप छ ।

सामाजिक सुरक्षा भत्ता वापतको सो रकम चोरीको आरोपमा बुङ्गल नगरपालिका–९ र ११ को वडा सचिव उपेन्द्र महतो र प्राविधिक सहायक खडकबहादुर सिंह पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार वडा नम्बर ९ र ११ को सामाजिक सुरक्षा भत्ता वापतको ३९ लाख रुपियाँ वडा सचिव र प्राविधिक सहायकले चोरी गरेको भन्ने उजुरी परेपछि उहाँहरूलाई पक्राउ गरिएको हो । 

उहाँहरुविरुद्ध आपराधिक लाभ र विश्वास घातसम्बन्धी कसुरमा अनुसन्धानका लागि अदालतबाट ५ दिनको म्याद थप गरिएको छ ।

असार २९ गते वडा सचिव महतोको कोठाबाट उक्त रकम हराएको थियो । रकम हराएपछि वडा अध्यक्ष रामबहादुर बोहराले प्रहरीमा जाहेरी दिनु भएको थियो । त्यसपछि प्रहरीले वडासचिव महतो र प्राविधिक सहायकलाई पक्राउ गरेको हो ।

Comments

KATHMANDU WEATHER