काठमाडौं/३ साउन
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज (आइतबार) ९७.२१ अंकले बढेर दुई हजार आठ सय ८० दशमलब ६१ विन्दुमा पुगेको छ । त्यस्तै आज कारोबार रकम पनि बढेको छ । आज ११ अर्ब ६३ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज पाँच कम्पनीको शेयरमूल्यमा १० प्रतिशतले बृद्धि भएको छ । आज नेप्सेमा समृद्दि फाइनान्स कम्पनी, सिन्धु विकास बैंक, ङादी ग्रुप पावर, हिमालयन पावर पार्टनर र सिंगटी हाइड्रो इनर्जीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
आइतबार समृद्दि फाइनान्स कम्पनीको शेयरमूल्य ४६.९० रुपियाँले बढेर प्रतिकित्ता ५१५ पुगेको छ भने सिन्धु विकास बैंकको ४०.१० रुपियाँले बढेर प्रतिकित्ता ४४१ पुगेको छ ।
यसैगरि, आज ङादी ग्रुप पावरको ५७ रुपियाँले बढेर प्रतिकित्ता ६२७ पुगेको छ भने हिमालयन पावर पार्टनरको ४९.९० रुपियाँले बढेर ४९३ र सिंगटी हाइड्रोको ४३.३० रुपियाँले बढेर प्रतिकित्ता ४७६ पुगेको छ ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments