# Recent News
काठमाडौं/६ साउन
सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ लाख ५१२ कित्ता संस्थापक शेयर साउन ६ गते बुधबारदेखि लिलामीमा विक्री खुला भएको छ ।
सनराईज बैंक लिमिटेडको नाममा रहेको उक्त शेयर आगामी ३५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा आएको हो ।
कम्पनीले यो शेयरको मूल्य प्रतिकित्ता ७५६ दशमलव ५५ रुपियाँ तोकेको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी संस्थापक शेयरधनीहरुले गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
उक्त अवधिभित्र निवेदन प्राप्त नभएमा त्यसपश्चात भने वर्तमान संस्थापक शेयरधनीभन्दा बाहिरका व्यक्तिहरुमा शेयर विक्री गर्ने जानकारी कम्पनीले गराएको छ । शेयर खरिदका लागि कम्पनीको प्रधान कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ ।
Featured News
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments