थाहानगर/८ साउन
कोरोना संक्रमण दर बढेका कारण स्थगन गरिएको नेपाल जेसीजको क्षेत्र ख सम्मेलन अब असोज २ र ३ गते गर्न प्रस्ताव गरिएको छ ।
बिहीबार फेमेलीमा बसेको क्षेत्रीय सम्मेलन संचालक समिति र पालुङ जेसीज कार्यसमितिको संयुक्त बैठकले कोरोना संक्रमण दर घट्दै गएको अवस्थालाई मध्यनजर गर्दै असोजमा कार्यक्रम गर्ने निर्णय गरेको हो ।
‘हामीले नेपाल जेसीजलाई पनि पत्राचार गरिसकेका छौँ, अवस्था सामान्य भएमा भौतिक उपस्थितिमा कार्यक्रम सम्पन्न गरिनेछ, अहिलेकै अवस्था रहिरहेमा भर्चुअल माध्यमबाट भएपनि क्षेत्रीय सम्मेलन सम्पन्न गर्नेछौँ ।’ सम्मेलन निर्देशक सुरेन्द्रमान प्रधानले भन्नुभयो, ‘यो थाहानगरको पर्यटन प्रवद्र्धनको उद्देश्यले आयोजना गर्न लागेका हौँ, भौतिक उपस्थितिमा हुने भएमा देशभरका करिब ६ सय युवाहरुको सहभागिता रहने अपेक्षा गरेका छौँ ।’
देशभरिमा गरि ४ वटा क्षेत्रहरु रहने नेपाल जेसीजको पालुङ क्षेत्र ख अन्तर्गत पर्ने गर्दछ । यस क्षेत्रमा विभिन्न जिल्लाहरुमा गरी ३५ वटा शाखाहरु छन् ।
पालुङ जेसीजको आतिथ्यतामा यस अघि सन् २०१५ मा पनि क्षेत्रीय सम्मेलनको आतिथ्यता गरिसकेको छ ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments