Byroad News

Loading...

अब यातायात सम्बद्ध करहरू विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने


अब यातायात सम्बद्ध करहरू विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने

काठमाडौं/८ साउन
आज (शुक्रबार)देखि बागमती प्रदेशका यतायात सम्बद्ध राजस्वहरु विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ ।

महामारीमा भीड कम गर्ने उद्देश्यका साथ शुक्रबारदेखि लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नविकरण शुल्क, जरिवानालगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्था बागमती प्रदेश सरकारले गरेको हो ।

बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर खनाल यातायात सम्बद्ध सबै कर अब अनलाइनमा उपलब्ध इ—वालेट र बैंकिङ एपबाटै तिर्न सकिने बताउँछन् । यसले ब्लुबुक नविकरण लगायतका काम गर्न राजस्व तिर्न लाइनमा बस्नुपर्ने बाध्यता हटाउने उहाँले बताउन
भयो । 

यो सेवा लिन नागरिक एपमा पनि ‘सवारी कर’ सेवा राखिएको छ । त्यस्तै वेबपोर्टलबाट पनि यो सेवा लिन सकिनेछ ।

Comments

KATHMANDU WEATHER