काठमाडौं/११ साउन
राष्ट्रिय सहकारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार बैंकले असार मसान्तसम्ममा एक अर्ब ६६ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३२ करोड ३७ लाख रुपियाँले धेरै हो।
अघिल्लो आर्थिक वर्षमा बैंकले ६८ करोड २८ लाख रुपियाँ खुद नाफा आर्जन गरेको थियो। खर्चलाई सन्तुलन राख्दै खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा वृद्धि गर्दा बैंकको नाफामा बढोत्तरी भएको हो।
चुक्तापूँजी दुई अर्ब ८७ करोड ३२ लाखरुपियाँ रहेको बैंकको जगेडा कोषमा एक अर्ब ५२ करोड रुपियाँ सञ्चित छ। आर्थिक वर्ष २०७७/०७८ सम्ममा ६६ अर्ब ३४ करोड २० लाख रुपियाँ निक्षेप संकलन गरेको बैंकले ३५ अर्ब २४ करोड रुपियाँ कर्जा परिचालन गरेको छ।
समीक्षा अवधिसम्ममा एक अर्ब ७४ करोड १८ लाख रुपियाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी ६३ करोड ३९ लाख रुपियाँले बढी हो। साथै बैंकको सञ्चालन मुनाफा ६६ करोड ५० लाख रुपियाँ रहेको छ।
वित्तीय विवरण अनुसार बैंकको निष्कृय कर्जा अनुपात बढेको देखिन्छ। बैंकको निष्कृय कर्जा अनुपात ०.७० प्रतिशतबाट बढेर १.३९ प्रतिशत पुगेको छ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments