काठमाडौं/११ साउन
काठमाडौं महानगरपालिका–१४ बल्खुबाट प्रहरीले राजश्व छलेर सामान लिएर आएको ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
वीरगञ्जबाट काठमाडौं आएको ना ४ ख ८४९६ नम्बरको ट्रकसहित २ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता रमेशकुमार बस्नेतले जानकारी दिनु भयो ।
महानगरीय प्रहरी वृत्त कालिमाटीले ट्रक चालक बारा घर भएका सञ्जय रायभर र सामानका धनी पर्सा घर भएका कृष्ण श्रीवास्तवलाई पक्राउ गरेको छ ।
ट्रकमा भएको प्लाष्टिक बनाउन प्रयोग हुने कच्चा पदार्थ, ब्याग बनाउन प्रयोग हुने कपडा र २ लाख बराबरको कृष्ण टेक्स्टाइल लेखिएको साटन कपडा बरामद गरिएको छ ।
सामानसहित भन्सार छलीमा संलग्न आरोपीहरुलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको एसपी बस्नेतले बताउनु भयो । भन्सार छली गरेर ल्याएको सामान बल्खुस्थित कुमारी क्लबमा लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments