Byroad News

Loading...

ट्याक्सी चालकको ज्यादती विरुद्ध सडकमा उत्रिए पठाओ राइडर


ट्याक्सी चालकको ज्यादती विरुद्ध सडकमा उत्रिए पठाओ राइडर

काठमाडौं/११ साउन
ट्याक्सी चालकबाट बारम्बार आक्रमण र प्रहार हुन थालेपछि राइड शेयरिङ कम्पनीमा आवद्ध पठाओ राइडरहरु विरोधमा उत्रिएका छन् । 

ट्याक्सी चालकहरूले आफूहरूमाथि गुण्डागर्दी शैलीमा बारम्बार आक्रमण गरेको विरोधमा प्रदर्शनमा उत्रिएको उनीहरूले बताएका छन् ।

राइडरहरुले ट्याक्सी चालक तथा बस व्यवसायीहरुको ज्यादतीका कारण पटक पटक कुटाइ खानु परेकोमा बिरोध गरेका छन । मोटर साइकल र्‍यालीसहित निस्किएका राइडरहरुलाई प्रहरीले हस्तक्षेप गरेर चाबी खोसेको राइडरहरुको भनाई छ ।

र्‍यालीले जनताहरू मारमा पर्ने भएकोले सम्बन्धित निकायमा गएर वार्ताद्वारा समस्या समाधान गर्न प्रहरीले पठाओ राइडरहरुलाई आग्रह गरेको थियो । तर, राइडरहरुले नमाने पछि प्रहरीले बाइकको साँचो नियन्त्रणमा लिएको थियो ।

आफूहरूमाथि भइरहेको आक्रमण बन्द गरेर पठाओ सेवालाइ कानुनी मान्यता प्रदान गर्न राइडहरुले माग गरेका छन् ।

केही समयदेखि ट्याक्सी चालक र पठाओ राइडर बिच बारम्बार झगडा र कुटपिट हुने गरेको छ । ट्याक्सी व्यवसायीले पठाओको कारण रोजिरोटी गुम्न लागेको बताउँदै आएका छन । गत फागुनमा ट्याक्सी चालकले पठाओ राइडरलाई कुटपिट गरेका थिए ।

फागुनदेखिको विवाद अहिले उत्कर्षमा पुगेको छ ।

पटक पटक ट्याक्सी चालकबाट कुटिनु परेपछि सबै पठाओ राइडर अन्दोलनमा उक्रिएका छन् ।

तर, अराजक गतिविधिमा नलाग्न म्यासेज पठाएपनि कम्पनीको म्यासेजलाई उल्लङघन गरी राइडरहरु आन्दोलनमा उत्रिएका छन् ।

ट्याक्सी व्यवसायीले पठाओ गैरकानूनी व्यवसाय भन्दै सञ्चालनमा रोक लगाउन माग गर्दै आएको छन तर, राइड शेयरिङ कम्पनीहरुलाई कानुनी दायरामा ल्याउने तयारी भएको सरकारले प्रतिक्रिया दिने गरेको छ ।

Comments

KATHMANDU WEATHER