काठमाडौं/१३ साउन
अपी पावर कम्पनी लिमिटेडको अवितरित २ लाख १५ हजार ५९९ कित्ता हकप्रद शेयर लिलामी हकप्रद शेयर आजदेखि लिलामीमा आउने भएको छ ।
यस अघि जेठ २० गतेदेखि असार १३ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको यो शेयर कम्पनीले लिलामी प्रकृयाबाट विक्री गर्न लागेको हो ।
कम्पनीले शेयरको न्यूनतम मूल्य १ सय रुपियाँ तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलबोल गर्नुपर्नेछ । शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै मुक्तिनाथ विकास बैंक लिमिटेडको भक्तपुर–ठिमी, कुमारीपाटी–ललितपुर, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, वीरगञ्ज, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी र जनकपुर शाखा कार्यालयमार्फत आवेदन दिन सकिने व्यवस्था छ ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments