Byroad News

Loading...

बाटो अस्थायी सुचारु गर्न गाउँले जुटे


बाटो अस्थायी सुचारु गर्न गाउँले जुटे

थाहानगर/१४ साउन
गएको असार १८ गतेको बाढीले सडकको नक्सा पनि बाकी नहुने गरि बगाए पछि थाहा ५ फुर्के बशन्तमा उत्पादित तरकारी बजारसम्म ल्याउन कठिनाई भएको छ ।

सडक बन्नु अगाडि चाहिँ बोकेरै बजार ल्याउने गरिएको तरकारी हिजोआज सडक बनेर गाउँमै गाडी पुग्ने गरेपछि तरकारी बोकेर बजारसम्म ल्याउने मान्छेको अभाव भएको छ । कतैबाट बगाएको सडकको मर्मत हुने नदेखेपछि सडक बगाएको करिव १ महिनापछि गाउँले आफै जुटेका छन् ।

बिहीबार विहानै फुर्के बशन्तका बासिन्दा झम्केश्वरी-वसन्त सडकको बीचमा पर्ने खोलामा ढुङ्गा राखेर गाडी सुचारु गर्न तम्सेका छन् । "ग्याविन जाली भरेर खोलामा बाटो बनाएका थियौं, बाढीले बगायो, अब तत्काललाई ढुङ्गा मात्र राखेर भए पनि तरकारी निर्यातमा सहज गर्न लागेका छौँ ।" उपभोक्ता समितिका सचिव उद्दव विडारी भन्नुहुन्छ, "लाकुराको मोडमा सार्है बिग्रेको छ नगरपालिकाबाट १० टिपर ग्राबेल मात्र बिछ्याउने काम भए ठुलै राहत हुन्थ्यो ।"

"त्यसो त चालू आर्थिक वर्षका लागि वडाबाट स्तरोन्नती र प्रदेश सरकारबाट पुलको डीपीआरका लागि बजेट परेको छ तर, सो बजेट आउञ्जेल तरकारी निर्यातमा समस्या हुने भयो ।" विडारी भन्नुहुन्छ, "फुर्के बशन्तका लागि सबैभन्दा छोटो बाटो यहि हो, १५ मिनेटमा ओखर बजार पुगिन्छ ।"

Comments

KATHMANDU WEATHER