काठमाडौं/१४ साउन
आज साउन १४ गतेदेखि मैलुङखोला जलविद्युत आयोजनाको प्राथमिक शेयर (आइपिओ) बिक्री खुल्ला भएको छ।
कम्पनीको आईपीओमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ। अंकित मूल्य १ सयका दरले कम्पनीले कुल ७ लाख ३६ हजार २ सय ८६ कित्ता शेयर निष्काशन गर्न लागेको हो।
यसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछिको बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ। न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
सीडीएससीको मेरो शेयर अनलाइनबाट र आस्बा सदस्यप्राप्त आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाका शाखाबाट आवेदन दिन सकिनेछ।
केयर नेपालले कम्पनीलाई डी रेटिङ प्रदान गरेको छ। औसतमा यो कम्पनी कमजोर स्तरको जनाउँछ। बिक्री प्रवन्धकका रुपमा सिद्धार्थ क्यापिटल रहेको छ। रसुवा जिल्लामा बग्ने मैलुङखोलाबाट कम्पनीले ५ मेगावाट बिजुली उत्पादन गर्नेछ।
आयोजनाको कुल लागत ९० करोड २९ लाख अनुमान गरिएको छ। सो अनुमान मै सम्पन्न भएमा प्रतिमेगाबाट लागत १८ करोड ५ लाख हुनेछ।
लगत्तै दुई कम्पनीको आईपीओ आउँदै
मैलुङखोलापछि सानिमा लाइफ इन्स्योरेन्स र मानुषी लघुवित्तको आईपीओ खुल्ने छ।
साउन २० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा बिक्री खुल्ला हुने भएको छ। कम्पनीको आईपीओमा २४ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीले अंकित मूल्य प्रतिकित्ता १ सयका दरले कुल ६० लाख कित्ता शेयर सर्वसाधारण समूहको निष्काशन गर्न लागेको हो। जसमध्ये ३ लाख कित्ता कर्मचारीलाई र ३ लाख कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ५४ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन हुने भएको हो।
कम्पनीको आइपिओलाई केयर रेटिङले बीबीबी माइनस रेटिङ प्रदान गरेको छ। यसले कम्पनी आफ्नो दायित्व वहन गर्ने क्षमतामा औसत स्तरमा रहेको संकेत गर्छ। यस्तो रेटिङमा एएए सबैभन्दा राम्रो मानिन्छ भने डी सबैभन्दा कमजोर मानिन्छ।
सानिमा लाइफ इन्स्योरेन्स कम्पनी पछिबाट खुलेको जीवन बीमा कम्पनी हो। यसको प्रधान कार्यालय कमलादीमा छ। ११८ शाखा कार्यालय संचालनमा छ।
त्यस्तै मानुषी लघुवित्तको आइपिओ साउन २७ देखि खुल्ने भएको छ। कम्पनीको आइपिओमा ३१ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले अंकित मूल्य १ सयका दरले सर्वसाधारण समूहको कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपिओ जारी गर्दैछ।
जसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ।
यसमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
आर्थिक वर्ष ०७७/०७८ सम्म कम्पनीको प्रतिशेयर आम्दानी १० रुपियाँ र प्रतिसेयर नेटवर्थ १३० रुपियाँ ९५४ पैसा छ। केयर रेटिङ नेपालले कम्पनीको आईपीओलाई बी प्लस रेटिङ प्रदान गरेको छ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments