काठमाडौं/१४ साउन
साताको अन्तिम दिन शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ ।
बुधवार बढेर ऐतिहासिक रेकर्ड कायम गरेको नेप्से परिसूचक बिहीबार १५ दशमलव ११ अङ्कले घटेर ३ हजार ७९ दशमलव ८३ अङ्कमा झरेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ४७ अङ्कले ओरालो लागेको छ । नेप्सेमा कारोबार हुने समूहगत सबइन्डेक्सहरु होटल तथा पर्यटन र विकास बैङ्क भने बढेका छन् । बाँकी सबै सबइन्डेक्सहरु घटेर राताम्मे देखिएका छन् ।
नेप्से परिसूचकसँगै कारोबार रकममा समेत कमी आएको छ । बुधवार १३ अर्ब रुपियाँ भन्दा माथिको शेयर कारोबार भएकोमा बिहीबार ११ अर्ब पनि पुग्न सकेन ।
दिनभर भएका १ लाख ६ हजार ६ सय ८२ कारोबारबाट २१७ कम्पनीका २ करोड ६० लाख ४० हजार २३ कित्ता सेयर किनबेच भएको छ भने कारोबार रकम १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रुपियाँमा रोकिएको छ ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments