Byroad News

Loading...

सुन भन्दै धातु देखाई नगद ठगी गर्ने ७ जना पक्राउ


सुन भन्दै धातु देखाई नगद ठगी गर्ने ७ जना पक्राउ

कास्की/१५ साउन
पोखरा महानगरपालिका २ मिरुवाबाट सुन भन्दै धातु देखाई नगद ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई ६ सय ५४ ग्राम सुन जस्तो देखिने पहेँलो धातु र ७ थान मोबाइल सहित बिहीबार प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा कास्की पोखरा डेरा गरी बस्नेहरु म्याग्दी रघुगंगा गाउँपालिका ३ राखु घर भएकी ४२ वर्षीया बिमला दमाई, रुपन्देही देबदह नगरपालिका ५ नमुना टोल घर भएका ३५ वर्षीय विशाल थापा मगर, कास्की अन्नपूर्ण गाउँपालिका ३ पाउदुर घर भएका ४४ वर्षीय गणेश बहादुर दर्जी, रामेछाप सुकाजोर नगरपालिका ७ बृता घर भएका २३ वर्षीय अनिल भुजेल, सर्लाही बागमती नगरपालिका १ डापडाँडा घर भएका ४२ वर्षीय ईन्द्र बहादुर बलम पाकी, चितवन टाडी नगरपालिका २ घर भएका ३४ वर्षीय भुवन बिक र चितवन राप्ती नगरपलिका ९ घर भएका  ३५ वर्षीय प्रकाश परियार रहेका छन् । 

पोखरा महानगरपालिका ८ सृजनाचोकस्थित पर्वत सुनचाँदी पसलमा कालीगढको रूपमा काम गर्ने भुवन बिक समेतका व्यक्तिहरुले सुन भनी धातु बोकी ठगी गर्न हिँडिरहेका छन् भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले सोही महानगरपालिका २ मिरुवास्थित बिमला दमाईको कोठाबाट उक्त धातु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 

उनीहरुले नक्कली सुन देखाई सक्कली भनेर मानिसहरुलाई झुक्यानमा पारेर बेचबिखन गरी रकम लिई ठगी गर्ने षडयन्त्र एवम् उद्योग गरेको पाइएपश्चात उनीहरु माथि जिल्ला अदालत कास्कीबाट ठगी, अपराधिक बिश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा १० दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

Comments

KATHMANDU WEATHER