Byroad News

Loading...

हेटौँडामा कोरोनाको डरलाग्दो रुप, २४ घण्टाको अवधिमा बुबा–छोरीको मृत्यु


हेटौँडामा कोरोनाको डरलाग्दो रुप, २४ घण्टाको अवधिमा बुबा–छोरीको मृत्यु

हेटौंडा/१६ साउन
मकवानपुरमा पछिल्लो केहिदिनबाट कोरोनाको संक्रमण पुन: बढ्न थालेको छ । 

पछिल्लो एक हप्ताबाट हेटौंडा मृत्यु हुनेको संख्यापनि बढ्दै गएको छ ।

कोरोना संक्रमणबाट मकवानपुरमा २४ घण्टाको अन्तरालमा बाबु–छोरीले ज्यान गुमाएका छन् । लामो समयदेखि हेटौँडा अस्पतालमा कार्यरत हेटौँडा उपमहानगरपालिका वडा नंबर १३ बनस्पतीकी तारा तिमल्सिनाको तथा उनका बुबाले २४ घण्टाको अन्तरालमा मृत्यु भएको हो । 

कोरोना संक्रमण भएर हेटौँडा अस्पतालमा उपचार गरिरहेका तिमल्सिनाका बुबाको श्रावण १४ गते बिहिबार मृत्यु भएको थियो भने छोरीको श्रावण १५ गते शुक्रबार मृत्यु भएको हो ।

कोरोनाको दोश्रो लहरसँगै यस अघि पनि हेटौँडामा एक परिवारका बुबा छोरीकै मृत्यु भएको खबर ब्रेकले समाचार लेखेको छ । 

Comments

KATHMANDU WEATHER