# Recent News
थाहानगर/१६ साउन
थाहा नगरपालिका ३ घर्तिखोलास्थित कालीवञ्जार सामुदायिक वनमा आज वृक्षारोपन गरिएको छ ।
रोटरी सेट्लाईट क्लव अफ काठमाडौं वेष्ट टिष्टुङको आयोजना तथा काली वञ्जार सामुदायिक वन उपभोक्ता समितिको व्यवस्थापनमा वृक्षारोपन गरिएको हो ।
कालीवञ्जार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कमलकुमार केसीको सभाध्यक्षता, रोटरी सेट्लाईट क्लव अफ काठमाडौं वेष्ट टिष्टुङका पाष्ट प्रेसिडेण्ट राजेन्द्रभक्त श्रेष्ठको विशिष्ट आतिथ्यता तथा क्लवका संयोजक विक्रम जोशीको प्रमूख आतिथ्यतामा एक औपचारिक कार्यक्रम आयोजना गरि वृक्षरोपन गरिएको हो।
सामुदायिक वनको दमार क्षेत्रमा विभिन्न प्रजातिका ५ सय ५० बिरुवा रोपिएको छ । लौठ सल्ला, काईँयो फूल, तेजपत्ता तथा टाँकीको विरुवा रोपिएको हो ।
रोटरियनहरु र सामुदायिक वन उपभोक्ताहरुले वृक्षारोपन गर्नु भएको हो ।
Featured News
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments