थाहानगर/१७ साउन
शुक्रबार थाहानगर उद्योग वाणिज्य संघमा व्यवसायीलाई लगाएर बचेको भेरोसेल खोप आज फेरि बज्रबाराही स्वास्थ्य चौकीमा लगाइने भएको छ ।
शुक्रबार २६६ जना व्यवसायी तथा सहकारीका कर्मचारीहरुलाई खोप लगाइएको थियो । तर, कुन्छाल-कुलेखानीको सडक अन्तर्गत भासिएको पुल मर्मत कार्य भइरहेका कारण बज्रबाराही र चित्लाङका व्यवसायीहरुले खोपको सुविधा लिएका थिएनन् । त्यसैले आज बज्रबाराही मै खोपको सुविधा प्रदान गरिन लागेको संघका महासचिव सुरेन्द्रमान प्रधानले बताउनु भयो, "कुनै पनि निकायमा व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपिसहित पुग्ने व्यवसायीलाई खोप लगाइने छ, अझै पनि छुटेका छनभने अनलाइन फाराम भरेर बसेकाहरुलाई अर्को पटक यो सुविधा दिइनेछ ।"
तर आज पनि कुन्छालको पुल मर्मत कार्यका कारण सडक सुचारु हुन नसक्दा पालुङबाट खोप लगाउन जानेहरु प्रभावित हुने भएका छन् ।
-
2 months agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
3 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments