Byroad News

Loading...

युनियन लाईफ इस्योरेन्सको भोलिदेखि शेयर कारोबार हुने


युनियन लाईफ इस्योरेन्सको भोलिदेखि शेयर कारोबार हुने

काठमाडौं/१७ साउन
आइतबार युनियन लाईफ इन्स्योरेन्सको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुचीकृत भएको छ । 

कम्पनीले संस्थापक र सर्वसाधारण तर्फको कुल २ करोड १५ लाख कित्ता आईपीओ सूचीकृत गराएको हो । 

पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता ११५ दशमलव १३ रुपियाँदेखि ३४५ दशमलव ३९ रुपियाँसम्मको मूल्य रेञ्ज तोकेको छ । कम्पनीले सर्वसाधारणमा ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ वितरण गरेको हो । कम्पनीको संस्थापक तर्फ ७० प्रतिशत अर्थात १ अर्ब ५० करोड ५० लाख बराबरको स्वामित्व कायम रहेको छ । 

कम्पनीको वास्तविक प्रतिशेयर आम्दानी आर्थिक वर्ष २०७४/०७५ सम्मको ११५ दशमलव १३ रहेको छ । सोही प्रतिशेयर नेटवर्थको आधारमा नेप्सेले पहिलो कारोबारका लागि तीन गुणासम्मको मूल्य रेञ्ज तोकेको हो । 

Comments

KATHMANDU WEATHER