थाहानगर/१७ साउन
थाहा नगरपालिकामा अझै पनि कोरोना भाइरस संक्रमण दर घट्ने संकेत देखिएको छैन ।
आइतबार मात्रै २० जनाको एन्टीजेन परिक्षण गरिएकोमा १० जनामा संक्रमण पुष्टि भएको छ । यो हिसाबले संक्रमण दर ५० प्रतिशत हो ।
एकातिर खोप लगाउनेको संख्यामा पनि वृद्धि हुँदै गएको छभने संक्रमण दरमा पनि कमी नआउनु नगर कै लागि चुनौती बन्न पुगेको छ ।
जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरि निश्चित समय तोकिएर पसल तथा व्यवसाय खोल्न भनिए पनि सबै पसल तथा व्यवसाय पूर्ण रुपले खुल्नाले अझै संक्रमण दर घट्न नसकेको अनुमान छ ।
त्यसो त भेला, बैठक, गोष्ठी लगायतका कार्यक्रमहरु गर्न निषेध गरिएको भए पनि ठूला भनिएका राजनीतिक दलहरुले नै सयौंको संख्यामा भेला तथा पार्टी प्रवेश कार्यक्रमहरु सञ्चालन गरेर निषेधाज्ञा उलंघन गर्नु अर्को चुनौती बनेको छ ।
अहिले थाहानगरमा विद्यालय/शैक्षिक संस्थाहरु बाहेक अन्य सबै क्षेत्र खुल्ला भईसकेका छन् । केही शैक्षिक संस्थाहरुले सरकारी निर्णय बमोजिम परीक्षाहरु समेत भौतिक रुपले सञ्चालन थालिसकेका छन् तर, यो संक्रमण दर बढ्दै गएको भए पनि पछिल्लो समय परिक्षणको दायरा करिव शून्य जस्तै भएको छ । बिरामी स्वयं कोरोना जाँच गर्न आए गरिदिने नभर गर्ने वास्ता समेत गर्न छोडेका छन् ।
उता, नगरस्तरीय कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिको बैठकमा गणपुरक संख्या समेत पुग्ने गरेको छैन । यहि अवस्था रहिरहने र नियन्त्रणका लागि थप उपाय अबलम्बन नगर्ने हो भने थाहानगरमा लामो समय कोरोना संक्रमणले नछोड्ने प्राय: निश्चित देखिन्छ ।
हालसम्म कुल २९९१ जनामा परिक्षण गरिएकोमा १०६९ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ८८० जना निको भएका छन् भने १३ जनाको मृत्यु भएको नगरपालिकाको तथ्यांक छ । आइतबारसम्म १७६ जना सक्रिय संक्रमित छन् ।
-
2 months agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
3 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments