Byroad News

Loading...

गणपति लघुवित्तका ३३ शाखा प्रमुखले दिए सामूहिक राजीनामा


गणपति लघुवित्तका ३३ शाखा प्रमुखले दिए सामूहिक राजीनामा

काठमााडौं/१८ साउन
गणपति लघुवित्त वित्तीय संस्थाका ३३ शाखा कार्यालयका प्रमुखहरुले सामुहिक राजीनामा दिनु भएको छ । 

चालु आर्थिक वर्षमा बढाउनुपर्ने सेवा सुविधा नबढाएको भन्दै शाखा प्रमुखहरुले सोमबार प्रमुख कार्यकारी अधिकृत किरण विष्ट समक्ष सामुहिक राजीनामा दिनु भएको हो । 

गणपति लघुवित्तको ३६ शाखा कार्यालहरु रहेका छन् । ३ वटाबाहेक सबै शाखाका प्रमुखहरुले राजीनामा दिनु भएको हो ।  

लामिछानेका अनुसार साउन २५ गतेसम्मको समयसीमा दिएर उहाँहरुले राजीनामा बुझाउनु भएको हो । 

कोरोना महामारीका बेला पनि घर परिवार नभनी ज्यान जोखिममा पारेर पनि गाउँ गाउँमा गएर सेवा दिएको तर अहिले आएर संस्थाले बढाउनै पर्ने सेवा सुविधा समेत नबढाएपछि सामुहिक राजीनामा दिन बाध्य भएको शाखा प्रमुखहरुको भनाई छ ।

Comments

KATHMANDU WEATHER