# Recent News
काठमाडौं/२० साउन
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने बताउनु भएको छ ।
बाहिर केही सञ्चार माध्यममा परीक्षा स्थगित भयो भनेर आएका समाचार निराधार भएको समेत उहाँले बताउनु भयो ।
साउन ३१ गतेदेखि जनस्वास्थ्यका मापदण्ड पालना गरि परीक्षा सम्पन्न हुने भएकोले सबै विद्यार्थीलाई बाहिरी हल्लाको पछि नलागी परीक्षाको तयारी गर्न समेत अध्यक्ष पौडेलले आग्रह गर्नु भयो ।
परीक्षाको तयारी भइरहेको र परीक्षा कुनै कारण देखाएर नरोकिने समेत उहाँले स्पष्ट पार्नु भयो। गत जेठ महिनामा हुनु पर्ने १२ कक्षाको परीक्षा कोरोना संक्रमणको कारण हुँन सकेको थिएन ।
Featured News
-
2 months agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
3 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments