Byroad News

Loading...

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुला


सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुला

काठमाडौं/२० साउन
सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि आज बुधबारदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। 

कम्पनीले कुल जारी पूँजी २ अर्ब रुपियाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपियाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो।

त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख कित्ता नै सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणको लागि छुट्टाएको छ।

कम्पनीको आईपीओमा छिटोमा साउन २४ गतेसम्म र त्यस अवधिमा पर्याप्त आवेदन नपेरमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले आईपीओमा लगानी गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयरको वेब तथा एप मार्फत पनि आवेदन दिन सक्नेछन्। 

पछिल्लो समय आईपीओमा आवेदन गर्नेको संख्या २१ लाख हराहरी पुगिसकेका छन्। त्यस अनुसार कम्पनीको आईपीओमा पनि मागभन्दा बढी आवेदन पर्ने निश्चित छ। मागभन्दा बढी आवेदन परे धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार हरेक आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गर्नुपर्ने हुन्छ। यसअनुसार गोलाप्रथाबाट ५ लाख ४० हजार जनाले मात्रै न्यूनतम १० कित्ता शेयर पाउनेछन्।

यसकारण कम्पनीको शेयरमा पनि १० कित्ताको लागि मात्रै आवेदन गर्नु बुद्धिमानि हुने देखिन्छ। हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपियाँ रहेको छ ।

कम्पनीलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले इक्राएनपी–आइआर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत रहेको जनाउँछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ भने धितोपत्र प्रत्याभुत गर्ने संस्थामा सिद्धार्थ क्यापिटल रहेको छ।

Comments

KATHMANDU WEATHER