Byroad News

Loading...

नेराशि संगठनद्वारा क्यान्सर पीडित शिक्षकलाई आर्थिक सहयोग हस्तान्तरण


नेराशि संगठनद्वारा क्यान्सर पीडित शिक्षकलाई आर्थिक सहयोग हस्तान्तरण

थाहानगर/२० साउन
लामो समयदेखि क्यान्सर पीडित भई उपचाररत शिक्षकलाई आज नेपाल राष्ट्रिय शिक्षक संगठन थाहानगर समितिले आर्थिक सहयोग गरेको छ ।

थाहा नगरपालिका १ सुनौलो विकास केन्द्र कुन्छालमा आयोजित समसामयिक सवालमा विचार गोष्ठीमा इन्द्रायणी मावि आग्रामा कार्यरत शिक्षक नवराज अर्याललाई संगठनले १ लाख १३ हजार ८५० रुपियाँ सहयोग हस्तान्तरण गरेको हो ।

थाहानगर अध्यक्ष रुपचन्द्र गोपालीको सभाध्यक्षता तथा नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका  अध्यक्ष श्रीराम दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वर्तमान शैक्षिक अवस्थाहरुमा शिक्षकहरुको भूमिकाका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा हेटौंडा  नगर समिति अध्यक्ष  मुकुन्द न्यौपाने, नेपाल शिक्षक महासंघ थाहानगरका सचिव  गणेशमान श्रेष्ठ, संगठनका जिल्ला सदस्य बिरमान स्याङ्तान, जिल्ला सदस्य नवराज  अर्याललगायत थाहानगर समितिका सदस्यहरुको उल्लेख्य  सहभागिता थियो ।

Comments

KATHMANDU WEATHER