Byroad News

Loading...

मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १ सय २ जनामा कोरोना


मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १ सय २ जनामा कोरोना

थाहानगर/२१ साउन
मकवानपुर जिल्लामा पछिल्लो २४ घण्टामा थप १ सय २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१ सय १८ जनामा पीसीआर गर्दा ८७ जना र ५६ जनामा एन्टीजेन परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

योसंगै मकवानपुरमा सक्रिय संक्रमितको संख्या १ हजार १ सय ४७ जना पुगेका छन् । जसमा १ हजार ८२ जना आफ्नै घरमा र ६५ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसैगरि मकवानपुरमा पछिल्लो २४ घण्टामा ५९ जना निको भएका छन् । 

जिल्लामा पछिल्लो २४ घण्टामा कोरोनाको कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ९ का ५१ वर्षीय पुरुष रहेका छन् । योसंगै मकवानपुरमा हालसम्म मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ ।

Comments

KATHMANDU WEATHER