थाहानगर/२२ साउन
मकवानपुर जिल्लामा कोरोना संक्रमितको संख्या बढेसँगै जारी निषेधाज्ञालाई थप गर्ने छलफल भएको छ । निषाधाज्ञा थप गर्दै अझै कडाई गर्ने विषयमा समेत छलफल भएको छ ।
आज जिल्ला प्रशासन कार्यालय मकवानपुरको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठक समेत बसेको छ । बैठकमा कोरोना संक्रमितको बिरामीहरु बढिरहेको अवस्थामा जारी निषेधाज्ञालाई कसरि अगाडी बढाउने भन्ने विषयमा छलफल भएको छ ।
प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेले संक्रमण बढ्न नदिन र जारी निषेधाज्ञाको विषयमा छलफल सुरु भएको जानकारी दिनुभयो । प्रजिअ पाण्डेका अनुसार भोलि बेलुकीसम्म निषेधाज्ञाको माडालिटीका विषयमा निर्णय आउने छ ।
आज भएको छलफलमा अब फेरि सवारीमा जोरबिजोर प्रणाली, बिहान ६ बजेदेखि १० बजेसम्म खाद्यान्न पसल मात्र खोल्न दिन र बैंकहरु आलोपालो गरी खोल्न दिने विषयमा छलफल भएको छ ।
प्रशासनले पछिल्लो पटक थप गरेको निषेधाज्ञा साउन २४ गते आईतबार राति १२ बजे सकिँदैछ ।
मकवानपुरमा निषेधाज्ञा जारी रहे पनि पछिल्लो एक महिना यता बजार खुला, सार्वजनिक तथा निजी सवारी संचालन, भिडभाड तथा जनस्वास्थ्य मापदण्डको पालना नहुँदा संक्रमण बढेको निश्कर्ष छ ।
जिल्लामा पछिल्लो दिनहरुमा कोरोना पुष्टि हुनेको संख्या बढ्दै गएको छ । मकवानपुरमा आजको दिनमा १ हजार १ सय ४८ जना सक्रिय संक्रमित उपचारत रहेका छन् भने हालसम्म कोरोनाको कारण १ सय ४७ जनाको मृत्यु भइसकेको तथ्याङ्क छ ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments