Byroad News

Loading...

राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै, कक्षा १२ को परीक्षाबारे निर्णय हुने


राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै, कक्षा १२ को परीक्षाबारे निर्णय हुने

काठमाडौं/२३ साउन
राष्ट्रिय परीक्षा बोर्डको बैठक शनिबार बस्दैछ। कक्षा १२ को परीक्षा स्थगित गर्नेबारे निर्णय गर्न शनिबार बैठक बोलाइएको जनाइएको छ । कोरोनाभाइरसको संक्रमण बढ्दै गएको भन्दै स्वास्थ्य मन्त्रालयले परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो । मन्त्रालयले सो सिफारिस गरेपछि विद्यार्थी र शिक्षक अन्योलमा छन् ।

शुक्रबार साँझ राज्यमन्त्री श्रेष्ठले कोरोना संक्रमणबीच परीक्षा स्थगनका लागि शिक्षा मन्त्रालय तथा कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको सामाजिक सञ्जालमार्फत जानकारी गराउनु भएको थियो ।

उहाँले लेख्नु भएको थियो, – ‘कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराउँछु।’

यही बिषयमा छलफल गर्न आज बोर्डको बैठक बस्न लागेको हो । यसअघि बोर्डले यही साउन ३१ गतेदेखि परीक्षा हुने गरी तालिका सार्वजनिक गरिसकेको छ।

Comments

KATHMANDU WEATHER