Byroad News

Loading...

थाहामा भेरोसेलको दोर्स्रो डोज साउन २६ र २७ गते लगाइने


थाहामा भेरोसेलको दोर्स्रो डोज साउन २६ र २७ गते लगाइने

थाहानगर/२४ साउन
मकवानपुरको थाहानगरमा भेरोसेलको पहिलो डोज लगाएका ५५ वर्ष माथिका र शिक्षकहरुलाई साउन २६ र २७ गते दोस्रो डोजको खोप लगाइने भएको छ ।

असार ३१ गतेदेखि सञ्चालन गरिएको पहिलो डोजको खोप पाएका नागरिकलाई दोस्रो डोजको खोप उपलब्ध गराउन लागिएको स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बताउनु भयो ।

पहिलो डोज लगाएको २१ दिन पूरा गरिसकेका नागरिक थाहानगरका कुनै पनि स्वास्थ्य संस्थाबाट यो अभियानमा सहभागी हुन सक्नेछन् । खोप लगाउन यस अघि दिइएको खोप कार्ड अनिवार्य लिएर जान आग्रह गरिएको छ ।

खोप केन्द्र र खोप लगाइने मिति

Comments

KATHMANDU WEATHER