Byroad News

Loading...

थाहामा ६ बजेपछि होटल खोल्न नदिने


थाहामा ६ बजेपछि होटल खोल्न नदिने

थाहानगर/२५ साउन
थाहानगरमा पनि कोरोना संक्रमणको दर बढेसँगै मंगलबारदेखि होटल तथा रेष्टुरेन्टहरुलाई बेलुकी ६ बजेपछि खोल्न नदिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा थप गरेसँगै थाहानगरस्तरीय कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिको आज सोमबार बसेको बैठकले कोरोना संक्रमणका सम्भावित क्षेत्रमध्ये होटल तथा रेष्टुरेन्ट व्यवसाय मूख्य रहने गरेको भन्दै बेलुकी ६ बजेपछि खोल्न नदिने निर्णय गरिएको समितिले जनाएको छ । 

नियम उलंघन गरेको पाइएमा तत्काल होटल संचालक तथा होटलमा भेटिने ग्राहक समेतलाई संक्रमण रोग ऐन बमोजिम कार्बाही गरिने इलाका प्रहरी कार्यालय पालुङका प्रमुख श्रीराम तिमल्सिनाले बताउनु भयो । ‘कसैको सोर्सफोर्समा छुट्छु भनेर कसैले नसोच्दा हुन्छ, जो सुकै होस् कानुन बमोजिम कार्बाही गर्नेछु ।’ प्रहरी निरीक्षक मिमल्सिनाले बताउनु भयो । 

साथै, बैठकले बैंक तथा वित्तीय संस्थाहरुलाई व्यवस्थित रुपले १० बजेदेखि २ बजेसम्म मात्र कारोबार गरिदिन आग्रह गरेको छ । साथै, स्थानीय बजार व्यवस्थापन समिति, अटो व्यवसायी संघ, बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुको बैठक राखी निषेधाज्ञालाई पूर्ण रुपमा पालना गराउने सम्बन्धी छलफल समेत गर्ने निर्णय भएको छ । 
 

Comments

KATHMANDU WEATHER