Byroad News

Loading...

करिब १० लाख नक्कली नोटसहित ३ जना पक्राउ 


करिब १० लाख नक्कली नोटसहित ३ जना पक्राउ 

रौतहट/२५ साउन
ईशनाथ नगरपालिका ४ कालिमन्दिर नजिकबाट ९ लाख ९३ हजार रुपियाँ नक्कली नोटसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा धनुषा बट्टेश्वर गाउँपालिका ४ बस्ने ३८ वर्षीय शत्रुधन वरई ठाकुर, महोत्तरी बर्दिवास नगरपालिका ९ बन्द्रा पशुपतिनगर बस्ने ३० वर्षीय रन्जित महतो र महोत्तरी भङ्गाह नगरपालिका ४ प्रेमनगर बस्ने २५ वर्षीय दिपेन्द्र कुमार महतो रहेका छन् । 

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई प्रहरी चौकी मठियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नेपाली रुपियाँ १ हजार दरको उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो ।  
 

Comments

KATHMANDU WEATHER