Byroad News

Loading...

आज मास्क नलगाई हिड्ने १ सय ६३ जनालाई जरिवाना


आज मास्क नलगाई हिड्ने १ सय ६३ जनालाई जरिवाना

हेटौंडा/२५ साउन
मकवानपुरमा आज मास्क नलगाई हिड्ने १ सय ६२ जनालाई कार्बाही स्वरुप जरिवाना गरिएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका सहित १० वटै स्थानीय तहमा मास्क नलगाई हिड्ने १ सय ६३ जनालाई जनही १ सय रुपियाँका दरले जरिवाना गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो । 

उहाँले मास्क नलगाई हिड्नेमा सबैभन्दा बढी मनहरी गाउँपालिकाको मनहरी बजार क्षेत्रका र हेटौंडा बजार क्षेत्रका रहेको बताउनु भयो ।

आज मकवानपुरमा विभिन्न प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीबाट ६७५ थान मास्क वितरण गरिएको छ । 
यसैबीच, जिल्ला प्रशासन कार्यालयले छुट्टाएको समय बाहेकको समयमा पसल सञ्चालन गर्ने १७ जना व्यवसायीलाई नियन्त्रणमा लिएर सम्झाई बुझाई छाडिएको छ ।

Comments

KATHMANDU WEATHER