# Recent News
काठमाडौं/२७ साउन
मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आईपीओ) मा आवेदन खुला भएको छ । ३ करोड ९३ लाख ७५ रुपियाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि आजदेखि खुला गरिएको हो । साउन २७ गते देखि ३१ गतेसम्ममा आवेदन दिन सकिनेछ ।
यसमध्ये ०.५ प्रतिशत अर्थात् ५ हजार ४६९ कित्ता शेयर कर्मचारीहरूलाई र ५ प्रतिशत अर्थात् १९ हजार ६८८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ३ लाख ६८ हजार ५९३ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने बताइएको छ ।
लघुवित्तको धितो पत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । प्रत्याभुतकर्ता ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।
Featured News
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments